नेपाल हेल्थ न्युज, काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि. (डीजेपीएल) ले औषधि उत्पादनमा विविधीकरण र क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना निर्माण गर्ने भएको छ । उद्योगले यस परियोजनामा चार अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।
कम्पनीको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा देउराली–जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना पूरा भएपछि करिब ५५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् ।
कार्यकारी निर्देशक शर्माले विज्ञानमा आधारित गुणस्तर र सत्यनिष्ठालाई कम्पनीको मूल कार्यदिशा रहेको उल्लेख गर्दै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने र विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्ने दिशामा कम्पनी निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो । सो अवसरमा कम्पनिका निर्देशक द्धय सुरजभक्त पौडेल र आयुषभक्त पौडेलले कम्पनिको वृहत्तर विकासका लागि आफूहरु सक्रिय रुपमा लागिरहेको स्पष्ट पार्नुभयो ।
हाल देउराली–जनताले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट र ड्राइ पाउडरलगायत २९६ प्रकारका जीवन रक्षक तथा दीर्घ रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गरिरहेको छ । उद्योगका अनुसार औषधि अनुसन्धान, उत्पादन र गुणस्तर परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरका प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना सञ्चालनमा छ ।
यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पुर्याउँदै आएको जनाएको छ ।
कम्पनीका अनुसार नयाँ कारखाना सञ्चालनमा आएपछि उत्पादन विविधीकरण, गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ हुने विश्वास लिइएको छ । परियोजना सफल बनाउन देउराली–जनताले नेपाल सरकार, सरोकारवाला निकाय र सञ्चारकर्मीहरूको सहयोग र सहकार्यको अपेक्षा गरेको छ । हाल कम्पनिको कारोबार एक वर्षमै कम्पनीको व्यापार ३२ करोड ७० लाख रुपैयाँले वृद्धि भएको छ । कम्पनिले गत वर्ष मात्र २ अर्ब ३५ करोडको कारोबार गरेको थियो ।
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३

