नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने विदेशी नागरिकको नाममा नक्कली उद्धार देखाएर बीमा ठगी गरेको आरोपमा थप एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति लाजिम्पाटमा सञ्चालित श्रीधी इन्टरनेशनल हस्पिटल प्रा.लि. का सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना रहेको प्रहरीले जनाएको छ। पर्वत जिल्लाको मोदी गाउँपालिका–२ स्थायी घर भएका ४४ वर्षीय तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार माघ २५ गते नियन्त्रणमा लिइएको हो।
प्रहरी अनुसन्धानका अनुसार विभिन्न रेस्क्यू कम्पनीहरूसँगको मिलेमतोमा अस्पतालले कागजात किर्ते गरी विदेशी बीमा कम्पनीबाट ठूलो रकम असुल्ने गरेको पाइएको छ। माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँग सहकार्य गर्दै झूटा उद्धार देखाउने, बिल बनाउने तथा उपचार गराएको भनेर नक्कली प्रतिवेदन तयार पार्ने गरिएको खुलासा भएको हो।

अनुसन्धानमा संलग्न निकायका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा रहेको प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्टको विवरणमा हेरफेर गरी किर्ते बिल तयार गर्ने गरिएको थियो। उद्धार गरिएका भनिएका पर्यटकलाई अस्पतालमा भर्ना गरिएको र उपचार गरिएको भनी झूटो कागजात तयार पारेर बीमा कम्पनीसँग दाबी गर्ने गरिएको प्रहरीले जनाएको छ।
यस किसिमका गतिविधिले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर परेको प्रहरीको निष्कर्ष छ। नेपाललाई जोखिमपूर्ण गन्तव्यका रूपमा चित्रण गरिँदा पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव परेको बताइएको छ।
डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत राष्ट्रहित विपरीत कार्य तथा किर्ते सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि सोही प्रकरणमा संलग्न अन्य रेस्क्यू कम्पनीका सञ्चालक तथा कर्मचारीहरू प्रहरीको अनुसन्धानको दायरामा परिसकेका छन्।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
