नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको बढुवा समितिले डा.आशा थापालाई एघारौँ तहमा पदोन्नतिका लागि सिफारिस गरेको छ।
मंगलबार बसेको समितिको बैठकले नेपाल स्वास्थ्य सेवा अन्तर्गत डेन्टिस्ट्री समूह, जनरल डेन्टल उपसमूहका प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा उनलाई बढुवा गर्न निर्णय गरेको हो।
समितिका अनुसार कार्यक्षमताको मूल्यांकनका आधारमा गरिएको छनोट प्रक्रियाबाट डा. थापाको नाम सिफारिस गरिएको हो।
यसैक्रममा, कार्यसम्पादन मूल्यांकनकै आधारमा एघारौँ तहमा बढुवाका लागि नेफ्रोलोजी, अप्थल्मोलोजी तथा प्याथोलोजी समूह (माइक्रोबायोलोजी उपसमूह) का चिकित्सकबाट पनि आवेदन माग गरिएको थियो।
तर ती समूहबाट कुनै पनि आवेदन नपरेको जानकारी समितिले दिएको छ। रिक्त रहेका ती पदहरूमा केही समयपछि पुनः सूचना प्रकाशित गरी बढुवा प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

