नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल नर्सिङ परिषद्ले परिषदमा दर्ता नभएका नर्स तथा अनमीलाई नर्सिङ सेवामा संलग्न नगराउन सबै स्वास्थ्य संस्थालाई सचेत गराएको छ। दर्ता प्रक्रियाविना सेवा गराए कानुनअनुसार कारबाही हुने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार नेपाल नर्सिङ परिषद् ऐन, २०५२ र नियमावली, २०६५ ले नर्स तथा अनमीहरूले अनिवार्य रूपमा परिषदमा नाम दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। सो कानुनी प्रावधानको पालना नगरी काम गरे वा गराए दुवै पक्ष जिम्मेवार हुने स्पष्ट पारिएको छ।
सूचनामा दर्ता नभएका जनशक्तिलाई नर्सिङ सेवामा खटाएको पाइएमा सेवा प्रदान गर्ने व्यक्ति मात्र नभई उनीहरूलाई काममा लगाउने सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थासमेत कारबाहीको दायरामा पर्ने उल्लेख छ।
परिषद्ले सबै सरोकारवाला निकायलाई कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै दर्ता प्रक्रिया पूरा नगरेका नर्स तथा अनमीलाई सेवामा संलग्न नगराउन अनुरोध गरेको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
