नेपाल हेल्थ न्युज, झापा । झापामा हाडजोर्नी रोगसम्बन्धी अन्तरराष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ। नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक साधारणसभासँगै ‘अर्थोकोन–२०२६’ नाम दिइएको उक्त सम्मेलन फागुन १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ।
आयोजक समितिका अनुसार सम्मेलनमा नेपालसहित भारत, भूटान र बङ्गलादेशका गरी ५०० भन्दा बढी हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ। तीमध्ये एक सयभन्दा बढी अन्तरराष्ट्रिय विज्ञ र करिब ४०० नेपाली चिकित्सक सहभागी हुने अपेक्षा गरिएको छ।
‘शिक्षा, नवप्रवर्तन र सहकार्य’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले हाडजोर्नी उपचार क्षेत्रमा भइरहेका नवीन अभ्यास, अनुसन्धान र प्रविधिबारे विस्तृत छलफल गर्नेछ। साथै यसले स्वास्थ्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास आयोजकको छ।
सम्मेलनका क्रममा नयाँ तथा अनुभवी चिकित्सकहरूबीच हाडजोर्नी उपचारका सफल अभ्यास, अनुसन्धान नतिजा र नयाँ प्रविधि आदान–प्रदान गरिनेछ। नेपाली चिकित्सक तथा वैज्ञानिकहरूले विकास गरेका केही नवप्रवर्तनात्मक उपकरण र प्रविधिको प्रदर्शनी पनि गरिने जनाइएको छ।
त्यसैगरी कार्यक्रममा ‘साइन्टिफिक कोर्स’ सञ्चालन गरिनुका साथै विभिन्न विशेषज्ञहरूले प्रस्तुत गर्ने कार्यपत्रमाथि छलफल हुनेछ। आयोजकका अनुसार अन्तरराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूको सहभागिताले विद्यार्थी तथा नयाँ पुस्ताका चिकित्सकलाई विशेष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।
नियमविपरीत उपचार गरिएको आरोपमा दुई डेन्टल क्लिनिक सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
एचआईभी संक्रमितमा यौनरोगको समस्या
बिहीबार, माघ २९, २०८२
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
बिहीबार, माघ २९, २०८२
