नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पहिलो पटक एमआइसिएस प्रविधिबाट मुटुको प्वालको सफल शल्यक्रिया गरिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ४२ वर्षीया पुरूषको मुटुको भित्री भागमा रहेको प्वाल एमआइसिएस प्रविधिमार्फत सफलतापूर्वक बन्द गरिएको हो।
काखीको सानो प्वालबाट गरिने यस आधुनिक शल्यक्रिया विधि परम्परागत खुला मुटुको शल्यक्रियाभन्दा कम पीडादायी र छिटो निको हुने प्रविधि मानिन्छ।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अनिल भट्टराई नेतृत्वमा डा. रवि बानियाँ, डा. प्रयास बस्ताकोटा, डा. नविन यादव र डा. सन्तोष प्रधानको टिमले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
