नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित एकीकृत सामाजिक सुरक्षा प्रणाली लागू गर्ने लक्ष्य अघि सारेको छ। पार्टीले सामाजिक सुरक्षालाई अधिकारको रूपमा स्थापित गर्ने र सेवा वितरणलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो।
करारमा सबै नागरिकका लागि ‘शत प्रतिशत स्वास्थ्य बीमा’ सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। साथै, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा विस्तार, सार्वजनिक स्वास्थ्य पूर्वाधारको सुदृढीकरण र सेवामा समान पहुँच सुनिश्चित गर्ने योजना समावेश गरिएको छ।
रास्वपाले लोकतान्त्रिक अधिकारका लागि भएका विगतका आन्दोलनको भावना र सुशासनप्रतिको नयाँ पुस्ताको अपेक्षालाई समेट्दै जनतासँग प्रत्यक्ष राजनीतिक जिम्मेवारीको समझदारी गरेको दाबी गरेको छ। मतदाताबाट प्राप्त विश्वासलाई ‘लगानी’ का रूपमा लिँदै पाँच वर्षभित्र देखिने उपलब्धि दिने लक्ष्य राखिएको पार्टीको भनाइ छ।
करारअनुसार प्रस्तावित एकीकृत सामाजिक सुरक्षा प्रणालीमार्फत प्रत्येक नागरिकलाई जीवनचक्रका विभिन्न चरणमा आवश्यक सेवा उपलब्ध गराइने उल्लेख छ। स्वास्थ्य बीमासहित अन्य आधारभूत सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत ढंगले सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ।

निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
