नेभिगेशन

न्यून गुणस्तर भेटिएपछि ‘इन्क्लेभ ओडी’ बजारबाट फिर्ता गर्न निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले काभ्रेमा आधारित क्युरेक्स फर्मास्युटिकल्स प्रालि द्वारा उत्पादित ‘इन्क्लेभ ओडी’ नामक औषधिको एक ब्याच तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै टीइओडी–०२६ ब्याच नम्बरको उक्त औषधि परीक्षणका क्रममा न्यून गुणस्तरको देखिएको जनाएको हो। बजार अनुगमनका बेला संकलन गरिएको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरिएको थियो।

प्रयोगशालाको प्रतिवेदनअनुसार सो ब्याच मापदण्डअनुसार नपाइएकाले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी बजारबाट रिकल (फिर्ता) प्रक्रिया अघि बढाउन सम्बन्धित उद्योगलाई निर्देशन दिइएको विभागले जनाएको छ।

साथै उक्त ब्याच नम्बरको औषधि चिकित्सकले सिफारिस नगर्न, औषधि पसलहरूले बिक्री–वितरण नगर्न तथा सर्वसाधारणले प्रयोग नगर्न विभागले आग्रह गरेको छ। रिकल प्रक्रियाको प्रगति विवरणसमेत विभागमा पेश गर्न सम्बन्धित पक्षलाई भनिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट