नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डका बासिन्दाहरूको स्वास्थ्य उपचारका लागि ठूलो अस्पताल जहाज पठाउने घोषणा गरेका छन्। उनले यस कदमलाई मानवीय सहयोगको पहल भएको बताएका छन्, तर यसले डेनमार्कसँगको सम्बन्धमा नयाँ कूटनीतिक बहस उत्पन्न गरेको छ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले ग्रिनल्याण्डमा स्वास्थ्य सेवा अभावका कारण धेरै मानिस प्रभावित भएको दाबी गरेका छन्। उनले उपचारका लागि आवश्यक सुविधा उपलब्ध गराउन अमेरिकाले जहाज पठाएको उल्लेख गरेका छन्।
यो पहल लुइजियानाका गभर्नर तथा ग्रिनल्याण्ड मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जेफ ल्यान्ड्रीसँगको समन्वयमा अघि बढाइएको जनाइएको छ।
पछिल्ला महिनाहरूमा ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकासँग आबद्ध गराउने इच्छा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। यसअघि उनले डेनमार्कले सहमति नदिए कडा आर्थिक कदम चाल्ने चेतावनी समेत दिएका थिए।
डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूले भने आफ्नो भूभाग बिक्रीका लागि नरहेको स्पष्ट पार्दै आएका छन्। अस्पताल जहाज पठाउने निर्णयबारे डेनमार्क सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन।
यो घटनालाई विज्ञहरूले ग्रिनल्याण्डमा अमेरिकी प्रभाव बढाउने ‘सफ्ट पावर’ रणनीतिको रूपमा हेरेका छन्। सन् २०२६ को सुरुवातमै ट्रम्पले ग्रिनल्याण्ड नियन्त्रणका लागि बल प्रयोग गर्न सक्ने संकेत दिएपछि नेटो सहयोगी राष्ट्रहरूबीच खैलाबैला मच्चिएको थियो ।
न्याम्सका आवासीय चिकित्सकहरूको माग पूरा नभए सेवा बन्द गर्ने चेतावनी
आइतबार, फागुन १०, २०८२
सुदूरपश्चिममा डेङ्गुबाट ३ वर्षमा ७ हजारभन्दा बढी प्रभावित
आइतबार, फागुन १०, २०८२
१५ फागुनभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
