नेपाल हेल्थ न्युज, लन्डन । बेलायतमा मृत दाताबाट प्रत्यारोपित गर्भाशय प्रयोग गरी पहिलो पटक शिशुको जन्म भएको छ । केन्टकी ग्रेस बेल नामकी महिलाले जन्माएको बालक ह्युगो अहिले १० हप्ताको भएका छन् ।
चिकित्सकहरूले यस उपलब्धिलाई ऐतिहासिक र मार्गप्रशस्त गर्ने क्षण भन्दै समान समस्याबाट पीडित महिलाका लागि नयाँ आशाको रूपमा वर्णन गरेका छन् ।
तीस वर्ष उमेर समूहकी बेल जन्मदेखि नै गर्भाशयविहीन थिइन्। यो अवस्था एमआरकेएच सिन्ड्रोमका कारण हुन्छ । यस अवस्थामा महिलामा सामान्य डिम्बाशय भए पनि गर्भाशय नहुने भएकाले स्वाभाविक रूपमा गर्भधारण सम्भव हुँदैन। बेललाई १६ वर्षकै उमेरमा आफूले आफ्नै गर्भबाट बच्चा जन्माउन नसक्ने जानकारी दिइएको थियो ।
बेल र उनका पार्टनर स्टिभ पावेलका लागि बच्चा पाउने विकल्प सरोगेसी वा गर्भाशय प्रत्यारोपण मात्र थियो । पछि मृत दाताबाट गर्भाशय उपलब्ध भएपछि चिकित्सक टोलीले सफल प्रत्यारोपण गरे । त्यसपछि बेलले प्राकृतिक रूपमा गर्भधारण गरी गत डिसेम्बरमा पश्चिम लन्डनस्थित क्विन चार्लोट्स एन्ड चेल्सी हस्पिटलमा करिब सात पाउन्ड तौलको शिशु जन्माइन् ।
बेलले दाता परिवारप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई अविश्वसनीय उपहार बताएकी छन् । म हरेक दिन दाता र उनको परिवारलाई सम्झन्छु। उनकी छोरीले मलाई जीवनकै सबैभन्दा ठूलो उपहार दिएकी छिन, उनले भनिन् ।
विशेषज्ञहरूका अनुसार बेलायतमा करिब ५ हजार महिला एमआरकेएच सिन्ड्रोमबाट प्रभावित छन्। यस सफलताले भविष्यमा यस्ता महिलालाई आफ्नै गर्भबाट सन्तान जन्माउने सम्भावना अझ विस्तार हुने विश्वास गरिएको छ । चिकित्सक टोलीले यस प्रविधिलाई सुरक्षित र पहुँचयोग्य बनाउन थप अनुसन्धान जारी राखे जनाएको छ।
डा. तुषार सरवजनाको लाइसेन्स खारेज
शुक्रबार, वैशाख ४, २०८३
सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
शुक्रबार, वैशाख ४, २०८३
बागमतीका १३ जिल्ला अस्पताललाई प्रादेशिकमा रुपान्तरण गरिने
शुक्रबार, वैशाख ४, २०८३


