नेपाल हेल्थ न्युज, काठमाडौं । रङको पर्व होली आज काठमाडौं उपत्यका, हिमाली र पहाडी जिल्लासहित धुमधमका साथ मनाइँदैछ। तराई र मधेशका जिल्लामा भने यो पर्व प्रायः भोलि मनाइन्छ। पछिल्ला वर्षमा होली धुमधामसँग मनाउने प्रचलन बढ्दै गएको छ।
आफन्त, साथीभाइ र छिमेकीहरू एकै ठाउँमा भेला भएर एक अर्कोलाई रङ लगाएर पर्व मनाउँछन्। साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबै फागु पूर्णिमाको दिन रङमा रङ्गिने गर्दछन्। तर चिकित्सकहरूले चेतावनी दिएका छन् कि बजारमा पाइने रङमा रासायनिक पदार्थ मिसिएको हुन सक्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
रङको प्रयोग र जोखिम
छालारोग विशेषज्ञ डा. उमा केएल भन्छिन्, “आजभोलि बजारमा पाइने अधिकांश रंगमा विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ। यसले छाला, कपाल, आँखामा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउन सक्छ। साना बच्चा, वृद्धवृद्धा र संवेदनशील छाला भएका मानिसहरू विशेष जोखिममा छन्।”
उनका अनुसार गलत रङको प्रयोगले छाला सुख्खा, रातो धब्बा, डण्डीफोर, अनुहारमा पोतोलाई बढाउने र कपालमा असर पार्ने सम्भावना हुन्छ। दम र एलर्जी हुने व्यक्तिमा समस्या बढ्न सक्छ।
सुरक्षित रङ कसरी छान्ने ?
- परम्परागत प्राकृतिक रङ, जस्तै फूलको बेटल्सबाट बनेको, प्राथमिकता दिनुहोस्।
- बजारमा राखिएको सेनिथ्याटिक रङ किन्दा प्याकेटमा सामग्रीको विवरण जाँच गर्नुहोस्।
- बाटोको छेउमा राखिएको रङ नकिन्नु।
खेल्नु अघि सावधानी
- छालामा लोशन वा मोइस्चराइजर लगाउनु।
- घाममा खेल्ने भएकाले सन्सक्रिम प्रयोग गर्नु आवश्यक।
- पुरै बाउला लुगा लगाएर र आँखामा चस्मा राखेर खेल्नु।
- कपालमा नरिवल तेल वा अन्य कपालको तेल लगाउन नबिर्सनु।
खेल्दा सावधानी
- संवेदनशील अंग (आँखा, नाक, मुख, कान) मा रङ नलगाउनु।
- टाढाबाट सुख्खा रङ फाल्दा स्वासप्रश्वासमा असर पर्न सक्छ।
- नङको साइडमा रङ नपर्न दिनु।
खेलिसकेपछि
- छाला र हात चाँडो साबुनपानीले धुनु।
- गाढा रङ धेरै घोट्नु हानिकारक हुन्छः दाग बिस्तारै हट्छ।
- हात, अनुहार र अन्य अंगमा क्रिम लगाएर छालालाई सुरक्षित राख्नु।
निर्वाचन लक्षित स्वास्थ्य आपतकाल व्यवस्थापनका लागि वीर अस्पताल मा २६ सदस्यीय विशेष समिति गठन
सोमबार, फागुन १८, २०८२
महेन्द्रनगरमा पहिलो पटक फोक्सो जाँचका सेवा सुरु, सुदूरपश्चिमका बिरामीलाई राहत
सोमबार, फागुन १८, २०८२
मृत दाताको गर्भाशयबाट बेलायतमा पहिलो पटक स्वस्थ शिशुको जन्म
आइतबार, फागुन १७, २०८२
अध्ययनले देखायो १६ जिल्लामा कुष्ठरोगको गम्भीर अवस्था
आइतबार, फागुन १७, २०८२
