नेपाल हेल्थ न्युज, काठमाडौं । राजधानी काठमाडौं मा पछिल्लो समय वायु प्रदूषणको स्तर उल्लेख्य रूपमा बढेको देखिएको छ। अन्तर्राष्ट्रिय रूपमा वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयर का अनुसार सोमबार बिहान यहाँको वायु गुणस्तर सूचकांक एक्यूआई २०१ मापन गरिएको छ, जसले शहरलाई विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा राखेको छ।
सामान्यतया ०–५० सम्मको (एक्यूआई) लाई राम्रो, ५१–१०० लाई मध्यम, १०१–१५० लाई संवेदनशील समूहका लागि अस्वस्थ र १५१–२०० लाई अस्वस्थ वर्गमा राखिन्छ। हालको सूचकांकले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आवश्यक रहेको संकेत गर्छ।
त्यस्तै, सूक्ष्म धुलो कण पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा करिब १६ गुणाभन्दा बढी रहेको जनाइएको छ।
विश्व वायु गुणस्तर सूचीमा पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ एक्यूआई ४१ पुगेको देखिएको छ। त्यस्तै तेस्रो स्थानमा भारतको दिल्ली रहेको छ, जहाँ एक्यूआई २०० रहेको छ।
वायु गुणस्तर कमजोर बन्दै गएपछि स्वास्थ्य विज्ञहरूले बाहिरी शारीरिक अभ्यास, मोर्निङ वाक जस्ता गतिविधि केही समयका लागि स्थगित गर्न सुझाएका छन्। आवश्यक परेमा मात्र बाहिर निस्कने, गुणस्तरीय मास्क प्रयोग गर्ने, झ्याल–ढोका बन्द राख्ने तथा घरभित्र हावा शुद्ध पार्ने उपकरण प्रयोग गर्न सल्लाह दिइएको छ।
विज्ञहरूका अनुसार सवारीसाधनको धुवाँ, निर्माण कार्य, उद्योगबाट निस्कने धुलो–धुवाँ र मौसमीय अवस्था प्रदूषण वृद्धिका मुख्य कारण हुन सक्छन्। दीर्घकालीन समाधानका लागि स्वच्छ ऊर्जा प्रयोग, सार्वजनिक यातायातको प्रवर्द्धन र हरियाली विस्तारमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

