नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा सामान्यतया “डाक्टर” शब्दले अस्पतालको आपतकालीन कक्षमा दिन–रात खटिने चिकित्सकको छवि ल्याउँछ। तर पछिल्ला वर्षहरूमा केही डाक्टर र स्वास्थ्यकर्मीहरू स्वास्थ्य नीतिमा प्रत्यक्ष योगदान दिन संसद पुगेका छन्।
यसपटक संघीय संसद्को प्रतिनिधिसभामा डा. लेखजंग थापा, डा. तोसिमा कार्की, आनन्दबहादुर चन्द, दीपककुमार साह, डा. शम्भुकुमार यादव र स्वास्थ्य स्वयंसेविका आशा झा सांसद बनेका छन्। सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन्।
उनीहरू अस्पताल र स्वास्थ्य सेवाको वास्तविक अवस्था नजिकबाट चिनेका छन् – बेड र औषधि अभाव, ग्रामीण स्वास्थ्यकर्मीको कमी, र बिरामीको आर्थिक चुनौती बुझेका छन।
डा. लेखजंग थापा, रुपन्देही–३ बाट ५८ हजार ८१४ मतले विजयी, न्युरोलोजी विशेषज्ञ हुन्। उनी राष्ट्रिय न्युरो केन्द्रका निर्देशक, नेपाल स्ट्रोक संघका अध्यक्ष, र विश्वस्तरीय न्युरोलोजी नेटवर्कसँग आबद्ध छन्। थापाले नेपालमा थ्रोम्बोलाइसिस थेरापीको पहिलो प्रयोग र दुर्लभ न्युरोलोजिकल रोग पहिचानमा योगदान गरेका छन्।
डा. तोसिमा कार्की, ललितपुर–३ बाट ४३ हजार ९६ मत सहित फराकिलो मतले जित हासिल गरिन । उनी शल्य–चिकित्सामा विशेषज्ञ हुन् र पूर्व स्वास्थ्य राज्यमन्त्री रहिसकेकी छिन्। उनी डा. गोविन्द केसीका समर्थनकर्ता र चिकित्सा शिक्षा सुधारका अभियन्ता पनि हुन्।
आनन्दबहादुर चन्द, कैलाली–५ बाट ३१ हजार ९५३ मत ल्याएर पहिलो पटक सांसद बनेका जनस्वास्थ्य विज्ञ हुन्। उनी सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धका अभियानका प्रख्यात अभियन्ता हुन्।
डा. शम्भुकुमार यादव, सिराहा–३ बाट ३२ हजार २४९ मत ल्याएर विजय भएका निर्वाचित यादव स्थानीय स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमा परिचित चिकित्सक हुन्।
दीपककुमार साह, महोत्तरी–२ बाट ३२ हजार ७२२ मत ल्याएर विजय हुने दृष्टिरोग विशेषज्ञ र जनस्वास्थ्यमा दक्ष छन्।
आशा झा, मोरङ–५ बाट ३० हजार ४३४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । १६ वर्षभन्दा बढी स्वास्थ्य स्वयंसेविकाका रूपमा ग्रामीण समुदायमा सेवा दिँदै आएकी हुन्।
यी चिकित्सक र स्वास्थ्यकर्मीहरूले उपचार मात्र होइन, स्वास्थ्य प्रणाली सुधार र नीति निर्माणमा पनि सक्रिय भूमिका खेल्ने लक्ष्य लिएर संसद प्रवेश गरेका छन्। उनीहरूको अनुभवले नेपालमा स्वास्थ्य सेवा सुधारको नयाँ आशा जगाउने छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

