नेपाल हेल्थ न्युज, काठमाडौं । उपत्यकाको वायु प्रदूषण अझै पनि उच्च स्तरमै रहेको छ। मंगलबार अत्यधिक खराब अवस्थामा पुगेको वायु गुणस्तर बुधबार बिहानसम्म पनि उल्लेखनीय रूपमा सुधार हुन सकेको छैन।
रियल टाइम वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार बुधबार बिहानसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) करिब १९६ मापन गरिएको छ। यो स्तर २०० नजिक पुगेकोले निकै अस्वस्थको श्रेणीमा पुग्ने खतरा रहेको बताइएको छ।
नेपाल सरकारले प्रयोग गर्ने वायु गुणस्तर मापन मापदण्ड अनुसार ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ।
हालको सूचकांकका आधारमा काठमाडौंको हावा सामान्य मानिसका लागि पनि अस्वस्थ मानिने स्तर नजिक पुगेको छ। विश्वका प्रदूषित सहरहरूको सूचीमा पनि काठमाडौं चौथो स्थानमा परेको जनाइएको छ। यस सूचीमा भारतको दिल्ली पहिलो, पाकिस्तानको लाहोर दोस्रो र बंगलादेशको ढाका तेस्रो स्थानमा रहेका छन्।
वायु प्रदूषण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी आवश्यक नभएसम्म बाहिर ननिस्किन र बाहिर निस्कँदा मास्क प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ। साथै बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन पनि आग्रह गरिएको छ।

नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

