नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिष्ठानले यो वर्ष चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढ्नका लागि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा निर्धारण गरेको थियो ।
जसमध्ये ४५ जना नेपाली विद्यार्थी र पाँच जना भारतीय विद्यार्थी गरी जम्मा ५० जना विद्यार्थी यो वर्ष भर्ना भएको कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका निर्देशक थानीले बताउनुभयो ।
पहिलो वर्ष एमबिबिएस अध्ययन गर्नेका लागि चिकित्सा शिक्षा आयोगले २० जनाको कोटा निर्धारण गरेको थियो । दोस्रो वर्ष ३०, त्यसपछि तेस्रो र यो वर्ष ५०÷५० जनाको कोठा दिएको प्रतिष्ठानका निर्देशक थानीको भनाइ छ ।
प्रतिष्ठानले एमबिबिएसको अध्यापन गर्न थालेको पनि चार वर्ष हुँदै छ र चौथो ब्याच पढ्न आएका विद्यार्थीलाई स्वागत गरिएको छ । चिकित्सक शास्त्रबाहेक अरू सङ्कायअन्तर्गत बी–पिएच, बी–फार्मेसी, बिएस्सी नर्सिङ र बिएनएसको २०-२० जनाको कोटा पाएको प्रतिष्ठानका निर्देशक थानीले जानकारी दिनुभयो ।
दुर्गम भौगोलिक अवस्थाका कारण वर्षौंसम्म विकासका अवसरबाट टाढा रहेको जुम्ला पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको नयाँ केन्द्रका रूपमा उभिन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पुजन रोकायाले बताउनुभयो ।
समग्र माथिल्लो कर्णालीको स्वास्थ्य सेवा प्रवाहसँगै चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरूको आकर्षणको केन्द्र प्रतिष्ठान बन्दै गएको उपकुलपति रोकायाको भनाइ छ ।
प्रतिष्ठानको नयाँ शैक्षिक सत्र २०८२ का लागि भारतका पाँच जनासहित कुल १३० जना विद्यार्थी विभिन्न सङ्काय स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्न प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबलबहादुर धामीले जानकारी दिनुभयो ।
प्रतिष्ठानमा अहिले एमबिबिएस, बी–एनएस, बी–फार्मेसी, बिएससी नर्सिङ, बी–पिएचलगायतका विषय अध्ययन हुने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।रासस
महिनावारी नहुनु वा ढिलाइ हुनुका यी आठ कारण हुन सक्छन्
बिहीबार, चैत ५, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन चैतभित्रै गराउने तयारी
बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
बिहीबार, चैत ५, २०८२
प्युठानमा औषधि अभावले स्वास्थ्य सेवा प्रभावित
बिहीबार, चैत ५, २०८२
