नेपाल हेल्थ न्युज, धनगढी । कैलालीको लम्कीचुहा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच विवाद उत्पन्न भएको छ।
नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पताल प्रदेश सरकारलाई औपचारिक रूपमा हस्तान्तरण नहुँदै विकास समिति गठन गरिएको भन्दै अस्वीकार गरेको हो।
नगर प्रमुख सुशीला शाहीले आवश्यक सल्लाहबिना समिति गठन गरिएको भन्दै असहमति जनाउनुभएको छ। प्रदेश सरकार भने संघीय निर्णयअनुसार अस्पताल आफ्नो मातहत आइसकेको दाबी गर्दै आएको छ। व्यवहारिक हस्तान्तरण र समन्वय नहुँदा विवाद अझै समाधान हुन सकेको छैन।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

