नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्।
ललितपुरको ग्वार्कोस्थित एक होटलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले सांसदले जनताको वास्तविक अवस्था बुझ्न सरकारी सेवा प्रयोग गर्नु आवश्यक रहेको बताए। आकस्मिक अवस्थाबाहेक निजी अस्पतालतर्फ आकर्षित हुनु उचित नहुने उनको भनाइ थियो।
“जनताका छोराछोरीले भोग्ने समस्या तपाईंहरूले पनि महसुस गर्नुपर्छ,” उनले भने, “सरकारी सेवा सुधार्न चाहने हो भने हामीले त्यही सेवा प्रयोग गर्नुपर्छ।”
लामिछानेले रास्वपा छोटो समयमै विविध पृष्ठभूमिका व्यक्तिहरू समेट्दै अघि बढेको उल्लेख गर्दै जनताले दिएको अभूतपूर्व विश्वासलाई गम्भीर रूपमा लिन सांसदहरूलाई निर्देशन दिए। उनले सांसद पद केवल हैसियत होइन, जिम्मेवारी भएको भन्दै जनताको अपेक्षा पूरा गर्न इमान्दार प्रयास आवश्यक रहेको बताए।
उनका अनुसार, नेपाली जनताले यसपटक नयाँ शक्तिलाई ऐतिहासिक विश्वास दिएका छन्, त्यसैले उक्त विश्वासको सम्मान गर्दै काम गर्न सांसदहरू तयार हुनुपर्नेछ।
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३

