नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिनियर म्यानेजमेन्ट टिम एस.एम.टी को महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्रालयको हालसम्मको कार्य प्रगतिको विस्तृत समीक्षा गरिएको छ।
मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा. विकास देवकोटाको नेतृत्वमा सम्पन्न बैठकमा अतिरिक्त सचिव, तीनवटै विभागका महानिर्देशकहरू, महाशाखा प्रमुखहरू तथा निर्देशकहरूको सहभागिता रहेको थियो।
बैठकमा चालु आर्थिक वर्षका कार्यक्रमहरूको कार्यान्वयन अवस्था, उपलब्धि तथा चुनौतीबारे समीक्षा गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरिएको थियो।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३र८४ का लागि स्वास्थ्य क्षेत्रको योजना तर्जुमा तथा कार्यक्रमहरूको प्राथमिकता निर्धारणका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ। योजनाहरूलाई थप प्रभावकारी, परिणाममुखी र सेवाग्राहीमैत्री बनाउनेतर्फ विशेष ध्यान केन्द्रित गरिएको बैठकमा उल्लेख गरिएको छ।
मन्त्रालयले आगामी वर्षका कार्यक्रमहरूलाई सुदृढ बनाउँदै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने लक्ष्य लिएको छ।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
१५ दिनसम्म राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन’
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३

