नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको स्थगित निर्वाचन चैत महिनाभित्रै सम्पन्न गर्ने तयारी अघि बढाइएको छ। निर्वाचन समितिले विभिन्न पक्षसँग छलफल गर्दै सम्भावित मितिहरू समेत प्रस्ताव गरेको जनाएको छ।
बुधबार आयोजित छलफलमा उम्मेदवार, उनीहरूका प्रतिनिधि तथा संघका पूर्व पदाधिकारीहरू सहभागी भएका थिए। बैठकमा उपत्यका बाहिर चैत २० र २१ गते तथा काठमाडौँ उपत्यकाभित्र चैत २८, २९ र ३० गते निर्वाचन गराउने प्रस्ताव प्रस्तुत गरिएको थियो।
प्रस्तावमाथि विस्तृत छलफल भए पनि अन्तिम निर्णय भने हुन सकेको छैन। समितिले आवश्यक परामर्शपछि आगामी शुक्रबार औपचारिक रूपमा निर्वाचन मिति सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।
छलफलमा सहभागी अधिकांश उम्मेदवारहरूले निर्वाचन चैतभित्रै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए। बैठकमा विभिन्न समूहका प्रतिनिधिहरूले सहभागिता जनाउँदै आ–आफ्ना सुझाव राखेका थिए।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

