नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेशका विभिन्न सरकारी अस्पतालमा छात्रवृत्ति करार अन्तर्गत कार्यरत चिकित्सक तथा नर्स कर्मचारीहरूको तलब तथा भत्ता लामो समयदेखि रोकिएको भन्दै फ्रन्टलाइन डक्टर्स नेपाल (एफ.डी.एन)ले तत्काल भुक्तानी गर्न माग गरेको छ ।
एफ.डी.एनले स्वास्थ्य सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तिमा प्रदेशभर कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गरिएको छ ।
तर पछिल्लो समय तलब तथा भत्ता समयमै उपलब्ध हुन नसकेको समस्या गम्भीर बन्दै गएको जनाइएको छ ।
विज्ञप्तिअनुसार हालसम्म ३ देखि ५ महिनासम्मको तलब तथा अन्य भत्ताहरू भुक्तानी हुन नसकेको अवस्था रहेको छ । यसले स्वास्थ्यकर्मीहरूको पेशागत मनोबलमा नकारात्मक असर पारेको र स्वास्थ्य सेवाको नियमितता तथा प्रभावकारितामा समेत असर पर्ने जोखिम बढेको एफ.डी.एनको भनाइ छ ।
एफ.डी.एनले सम्बन्धित निकायहरूलाई बक्यौता तलब तथा भत्ता यथाशीघ्र निकासा गरी नियमित रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, समस्या तत्काल समाधान नभएमा थप सशक्त कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
यस विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (मधेश प्रदेश र संघीय), स्वास्थ्य सेवा विभाग, नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसन लगायत सम्बन्धित निकायहरूलाई पनि बोधार्थ पठाइएको छ ।

स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

