नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेद चिकित्सकहरूको लाइसेन्स परीक्षा यही चैत ३० गते सोमबार सञ्चालन हुने भएको छ। आयुर्वेद चिकित्सा परिषद् नेपालले सार्वजनिक सूचना जारी गर्दै बीएएमएस उत्तीर्ण विद्यार्थीहरूको स्थायी नाम दर्ताका लागि सो मितिमा परीक्षा लिइने जानकारी दिएको हो।
परिषद्का अनुसार, परीक्षामा सहभागी हुन इच्छुक उम्मेदवारहरूले आजदेखि १९ चैतसम्म नियमित शुल्क तिरेर आवेदन दिन सक्नेछन् भने २० देखि २८ चैतसम्म ढिलो शुल्कसहित फारम भर्न सकिनेछ। आवेदन प्रक्रिया अनलाइनमार्फत हुनेछ।
परीक्षामा सहभागी हुनका लागि बीएएमएस उत्तीर्ण गरी कम्तीमा ६ महिना इन्टर्नसिप पूरा गरेको हुनुपर्नेछ। विदेशबाट बीएएमएस अध्ययन गरेका विद्यार्थीहरूको हकमा भने एक वर्षको इन्टर्नसिप अनिवार्य गरिएको परिषद्ले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द
बिहीबार, असोज १५, २०८३
तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नभए आमरण अनशन बस्ने सांसद तामाङको चेतावनी
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
बिहीबार, असोज १५, २०८३
छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य
बिहीबार, असोज १५, २०८३
मापदण्ड विपरीत सञ्चालित अस्पतालमा सिलबन्दी
बिहीबार, असोज १५, २०८३ट्रेन्डिङ
