नेपाल हेल्थ न्युज, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलका अनुसार यादवलाई उच्च रक्तचाप र पेटमा ग्यासको समस्या देखिएपछि तुरुन्त अस्पताल ल्याइएको हो। “राति सुत्दा असहज अनुभव भएपछि उनलाई अस्पताल ल्याइएको थियो, अस्पताल पुर्याउँदा प्रेसर उच्च थियो,” डा. गजुरेलले बताएका छन्।
हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। केही परीक्षणका नतिजा आउन बाँकी रहे पनि प्रारम्भिक रिपोर्टहरू सामान्य देखिएका छन्।
उपचारमा वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेलको नेतृत्वमा रहेको टिम र पेटरोग विशेषज्ञ संलग्न छन्। यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ।
प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

