नेपाल हेल्थ न्युज, काठमाडौं । राज्यकोषको खर्चमा पूर्व विशिष्ट व्यक्तिहरूलाई विदेशमा उपचार गराउने व्यवस्थामा सर्वोच्च अदालतले रोक लगाएको छ ।
सोमबार बसेको संवैधानिक इजलासले 'नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७३' को विवादित दफा खारेज गर्दै यस्तो निर्णय गरेको हो ।
उक्त व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसांसदलगायतले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने प्रावधान थियो ।
सर्वोच्चले यो व्यवस्था संविधानको समानताको हक र स्वास्थ्यमा समान पहुँचको अधिकारविपरीत भएको ठहर गरेको छ । जनस्वास्थ्य ऐन, २०७५ ले पनि विदेश उपचारमा सरकारी खर्च नदिने स्पष्ट व्यवस्था गरेको छ ।
अदालतका अनुसार मन्त्रिपरिषद्ले ऐनभन्दा माथि रहेर बनाएको कार्यविधि कानुनसँग बाझिएको देखिएकाले खारेज गरिएको हो ।
यद्यपि,बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउन पाउने व्यवस्था यथावत राखिएको छ ।
यो फैसलासँगै अब राज्यकोषको दुरुपयोग गर्दै विदेश उपचार गर्ने प्रवृत्तिमा कानुनी रूपमा अन्त्य भएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

