नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र धम्की दिइएको घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
बाँकेको बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको मृत्यु प्रकरणलाई लिएर मंगलबार बिहान करिब साढे १० बजे एक समूह प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार तथा हातपातको प्रयास गरेको अस्पतालले जनाएको छ। उक्त समूहले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसहित अन्य चिकित्सकलाई ज्यान मार्ने धम्कीसमेत दिएको आरोप छ।
घटनापछि चिकित्सकहरूले दोषीमाथि कारबाही र सुरक्षाको सुनिश्चितता माग गर्दै इमरजेन्सीबाहेक अन्य सेवा स्थगित गरेका छन्। डा.सुवेदीले सुरक्षाको ग्यारेन्टी नभएसम्म सेवामा फर्किन नसकिने बताउनुभयो।
यसअघि मृतकका आफन्त र चिकित्सकबीच छलफल भई कानुनी प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यसपछि आक्रमण प्रयास भएको अस्पताल प्रशासनको भनाइ छ। मृतकका परिवारले भने हातपात नगरेको दाबी गरेका छन्।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


