नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकामा वैशाख १८ र १९ गते मतदान हुने भएको छ। निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन बिहीबार बिहान ८ बजेदेखि २४ घन्टे मौन अवधि सुरु गरिएको छ।
निर्वाचन समितिले मौन अवधिमा कुनै पनि प्रकारका प्रचार–प्रसारका गतिविधि नगर्न उम्मेदवार तथा समर्थकहरूलाई निर्देशन दिएको छ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।
यसपटकको निर्वाचनमा अध्यक्ष पदसहितका विभिन्न पदका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
निर्वाचन शुक्रबार र शनिबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। काठमाडौं उपत्यका बाहिरका क्षेत्रमा भने मतदान यसअघि नै सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

