नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत विभिन्न पदहरूको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार सहसचिव, सहकोषाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा क्रमशः डा. हुलास अग्रवाल, डा. तेजसु सिंह मल्ल र डा. सन्जिब तिवारीको जित लगभग सुनिश्चित भएको छ।
सहसचिव पदतर्फ डा. हुलास अग्रवालले ३,१२६ मत (५४.५८ प्रतिशत) प्राप्त गर्दै उल्लेखनीय अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. राम जीवन प्रसादले १,३९९ मत (२४.४३ प्रतिशत) र डा. सन्तोष अधिकारीले १,२०२ मत (२०.९९ प्रतिशत) पाएका छन्। हालसम्म ६,२६५ मत गणना हुँदा ५,७२७ मत वैध र ५३८ मत बदर भएका छन्। करिब ८०० मत गणना हुन बाँकी भए पनि अग्रवालको फराकिलो मतान्तरले उनको जित सुनिश्चितजस्तै देखिएको छ।
यस्तै, सहकोषाध्यक्ष पदमा डा. तेजसु सिंह मल्लले २,९९८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी डा. सुवास गुरुङ (२,१२२ मत) भन्दा ८७६ मतले अग्रता लिएका छन्। तेस्रो स्थानमा रहेका राज कुमार दंगालले ७७९ मत प्राप्त गरेका छन्। कुल ७,१०२ मतमध्ये ६,५१५ मत गणना भइसकेको छ भने ५८७ मत गन्न बाँकी छ। बाँकी मतभन्दा धेरै अग्रता भएकाले मल्लको जित पनि निश्चित भइसकेको छ।
वरिष्ठ उपाध्यक्ष पदमा भने डा. सन्जिब तिवारीले २,७५२ मत (४४.३७ प्रतिशत) प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २,१२७ मत (३४.३० प्रतिशत) र डा. अजय कुमार मिश्रले १,३२३ मत (२१.३३ प्रतिशत) पाएका छन्।
तिवारीले ६२५ मतको अग्रता कायम गरेका छन्, जुन बाँकी ५८७ मतभन्दा बढी भएकाले उनको जित पनि निश्चित भएको हो। निर्वाचन समितिका अनुसार सबै पदहरूको अन्तिम नतिजा केही समयमै सार्वजनिक गरिने बताइएको छ।
काज फिर्ता भएका स्वास्थ्यकर्मीलाई हाजिर हुन मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २२, २०८३
योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि...
मंगलबार, वैशाख २२, २०८३
भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया
सोमबार, वैशाख २१, २०८३
दुई दिनको बिदापछि सरकारी अस्पतालमा बिरामीको भीड, सेवा व्यवस्थापनमा चुनौती
सोमबार, वैशाख २१, २०८३

