नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा डा. बद्री रिजाल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
निर्वाचनमा डा. रिजालले आफ्ना निकटतम प्रतिस्पर्धी डा. मंगल रावललाई २५६ मतले पछि पार्दै जित हासिल गरे। रिजालले कुल ३,१९६ मत प्राप्त गर्दा डा. रावलले २,९४० मत पाए। तेस्रो प्रतिस्पर्धी डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि रिजाल प्यानलको जित
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी निर्वाचित भए। उनले ३,०३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २,३०२ र डा. अजय कुमार मिश्रले १,४२१ मत पाए।
महासचिवमा डा. विश्वराज दवाडी विजयी भए। उनले २,७२२ मत ल्याउँदा डा. कालुसिंह खत्रीले २,४२३ र डा. अमृत भुसालले १,६४६ मत प्राप्त गरे।
प्रदेश उपाध्यक्षमा
- कोशीः डा. रोशन खड्का
- मधेशः डा. अमृत राजन मिश्र
- बागमतीः डा. सुवास भट्टराई
- गण्डकीः डा. योगेशराज सिग्देल
- लुम्बिनीः डा. नन्दा गुरुङ
- कर्णालीः डा. रविन खड्का
- सुदूरपश्चिमः डा. प्रमोद जोशी
सचिवमा डा. हुलास अग्रवाल र कोषाध्यक्षमा डा. तेजुसिंह मल्ल निर्वाचित भएका छन्।
सदस्य पदमा डा. अमित झा, डा. राकेश साह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुमित काफ्ले र डा. शेषराज घिमिरे विजयी भएका छन्।
चिकित्सक संघको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते अनि काठमाडौं उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो । सबै गरी ७१०० मत खसेको थियो । यस पटक मुख्यतथा ३ प्यालन टिम बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
कसको कति मत ?
अध्यक्ष – १ सिट
१. डा. बद्री रिजाल — ३१९६ (विजयी)
२. डा. मंगल रावल — २९४०
३. डा. नारायण प्रसाद भुसाल — ८६९
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. सञ्जीव तिवारी – ३०३६ (विजयी)
२. डा. कीर्तिपाल सुवेदी — २३०२
३. डा. अजय कुमार मिश्र — १४२१
महासचिव – १ सिट
१. डा. विश्वराज दवाडी — २७२२ (विजयी)
२. डा. कालु सिंह खत्री — २४२३
३. डा. अमृत भुसाल — १६४६
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
१. डा. रोशन खड्का — ३००८ (विजयी)
२. डा. टंकाप्रसाद बराकोटी — २२३६
३. डा. हरिशंकर कार्की — ८७८
मधेश प्रदेश
१. डा. अमित रञ्जन मिश्र — ३०९९ (विजयी)
२. डा. उदयनारायण सिंह — २०९४
३. डा. मोहम्मद अनामुल हक — ९४३
बागमती प्रदेश
१. डा. सुवास भट्टराई — २३५९ (विजयी)
२. डा. अरुण शाही — २२५०
३. डा. अकानन्द सिंह — १२२१
४. डा. रुबास नाथ योगी — ६८६
गण्डकी प्रदेश
१. डा. यज्ञराज सिग्देल — ३१०२ (विजयी)
२. डा. नवराज लाम्दारी — २८००
लुम्बिनी प्रदेश
१. डा. नन्दा कुमारी गुरुङ — २९१० (विजयी)
२. डा. सन्तोष पोखरेल — २२४२
३. डा. लक्ष्मण शर्मा — ११२३
कर्णाली प्रदेश
१. डा. रविन खड्का — २४९० (विजयी)
२. डा. सरोज गिरी — २३२२
३. डा. अनुप मंगल समाल — १२५७
सुदूरपश्चिम प्रदेश
१. डा. प्रमोद जोशी —३४८० (विजयी)
२. डा. निरज अर्याल — २६१२
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — २३८६ (विजयी)
२. डा. चाँदनी जैसवाल — २०९९
३. डा. विनोद कुमार महसेठ — ९९४
सहसचिव – १ सिट
१. डा. हुलास अग्रवाल — ३५१० (विजयी)
२. डा. राम जीवन प्रसाद — १५४०
३. डा. सन्तोष अधिकारी — १४१६
सहकोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — ३२७९ (विजयी)
२. डा. सुवास गुरुङ — २२९४
३. डा. राजकुमार दंगल — ८५०
विजयी सदस्यहरू
१. डा. अमित झा – २७८७
२. डा.राकेश साह – २७८०
३. डा. पल्पसा श्रेष्ठ – २७७८
४ डा. बिना श्रेष्ठ – २५५१
५ डा. सुमित काफ्ले – २४९७
६. डा.शेषराज घिमिरे– २४३८
नेपाल चिकित्सक संघ निर्वाचन: प्रमुख पदहरूमा अग्रवाल, मल्ल र तिवारीको जित सुनिश्चित
मंगलबार, वैशाख २२, २०८३
काज फिर्ता भएका स्वास्थ्यकर्मीलाई हाजिर हुन मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २२, २०८३
योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि...
मंगलबार, वैशाख २२, २०८३
भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क सफल शल्यक्रिया
सोमबार, वैशाख २१, २०८३

