नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
सरकारले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
राजस्व संकलनको लक्ष्य १४ खर्ब ४ अर्ब रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ परिचालन गरिने उल्लेख गरिएको छ ।
सरकारले आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ जुटाउने लक्ष्य समेत लिएको छ ।
यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि मात्रै १५ अर्ब रुपैयाँ छुट्याइएको सरकारले जनाएको छ ।
सरकारले स्वास्थ्य सेवा विस्तार, बीमा कार्यक्रमको प्रभावकारिता, अस्पताल पूर्वाधार सुदृढीकरण तथा जनस्वास्थ्य सेवामा पहुँच अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

