नेपाल हेल्थ न्युज, ललितपुर । पछिल्ला वर्षहरूमा नेपालमा सौन्दर्य तथा छाला स्वास्थ्यप्रतिको चासो उल्लेखनीय रूपमा बढिरहेको छ । सामाजिक सञ्जालको प्रभाव, सौन्दर्यसम्बन्धी बढ्दो सचेतना तथा स्वस्थ छालाप्रतिको आकर्षणले स्किनकेयर बजारलाई तीव्र गतिमा विस्तार गरिरहेको छ। यही सम्भावनालाई मध्यनजर गर्दै युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड ‘प्योर डर्मा’ ले नेपाली बजारमा औपचारिक प्रवेश गरेको छ।
ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित विशेष समारोह तथा पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन सार्वजनिक गर्दै नेपालमा व्यावसायिक यात्रा सुरु गरेको हो । कार्यक्रममा स्वास्थ्य, सौन्दर्य, व्यवसाय तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कम्पनीले नेपाली उपभोक्तामाझ अन्तर्राष्ट्रिय गुणस्तरका, वैज्ञानिक रूपमा परीक्षण गरिएका तथा सुरक्षित स्किनकेयर र पर्सनल केयर उत्पादन उपलब्ध गराउने उद्देश्यसहित नेपालमा प्रवेश गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा बढ्दो माग, उपभोक्ताको बदलिँदो जीवनशैली र गुणस्तरीय उत्पादनप्रतिको आकर्षणले नेपाललाई महत्वपूर्ण बजारका रूपमा स्थापित गरिरहेको छ ।
कार्यक्रममा ‘प्योर डर्मा’ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रकाश पाठकले नेपाललाई सम्भावनायुक्त र तीव्र रूपमा विस्तार भइरहेको स्किनकेयर बजारका रूपमा चयन गरिएको बताए । उनले विश्वस्तरीय गुणस्तर र वैज्ञानिक अनुसन्धानका आधारमा विकसित उत्पादनहरू नेपाली उपभोक्तासम्म पुर्याउने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे ।
उनका अनुसार आधुनिक स्किनकेयर अब केवल सौन्दर्यसँग मात्र सम्बन्धित विषय नभई छालाको स्वास्थ्य, आत्मविश्वास र जीवनशैलीसँग समेत जोडिएको छ । त्यसैले कम्पनीले गुणस्तर र प्रभावकारितालाई प्राथमिकतामा राख्दै उत्पादनहरू विकास गरेको जनाएको छ ।
समारोहकी प्रमुख अतिथि रेजिना उप्रेतीले गुणस्तरीय स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी उत्पादनहरूको उपलब्धताले नेपाली उपभोक्तालाई थप विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरिन्। उनले अन्तर्राष्ट्रिय ब्रान्डहरूको उपस्थितिले बजारमा प्रतिस्पर्धा बढाउने मात्र नभई उपभोक्ताले उत्कृष्ट सेवा र गुणस्तरीय उत्पादन प्राप्त गर्ने वातावरण निर्माण हुने बताइन् ।
त्यसैगरी विशिष्ट अतिथिहरू डा. सन्तोष भण्डारी, डा. रामकृष्ण श्रेष्ठ, डोनाल्ड चा तथा अन्य अतिथिहरूले कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा वैज्ञानिक आधारमा विकसित स्किनकेयर उत्पादनहरूको आवश्यकता रहेको धारणा राखेका थिए ।

कार्यक्रममा कम्पनीले क्ल्यारिडर्मा एक्ने स्प्रे, डर्मा बोटक्स क्रिम, हेफो क्रिम, नस किड्स क्रिम एसपीएफ २५ प्लस, न्युटिक कोलाजेन नाइट र्यापिङ मास्क र प्योर बेबी क्रिम लगायत १५ वटा उत्पादन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी उत्पादनहरू बालबालिकादेखि वयस्कसम्मका विभिन्न उमेर समूह तथा फरक–फरक छाला प्रकारका आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका हुन् ।

बजारमा उपलब्ध अन्य उत्पादनहरूसँग तुलना गर्दा आफ्ना उत्पादनहरू गुणस्तर, वैज्ञानिक परीक्षण, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय मापदण्डका कारण फरक रहेको कम्पनीको दाबी छ । कम्पनीले नेपाली उपभोक्ताको आवश्यकता, जीवनशैली तथा विश्वासलाई केन्द्रमा राख्दै दीर्घकालीन रूपमा बजारमा स्थापित हुने लक्ष्य लिएको जनाएको छ ।
समारोहका क्रममा कम्पनीका प्रतिनिधिहरूले उत्पादनहरूको विशेषता, प्रयोग विधि तथा अपेक्षित फाइदाबारे विस्तृत प्रस्तुति दिएका थिए। सहभागीहरूले उत्पादनहरूबारे प्रत्यक्ष जानकारी लिनुका साथै स्किनकेयर क्षेत्रमा भइरहेका नयाँ प्रविधि र प्रवृत्तिबारे समेत जानकारी प्राप्त गरेका थिए ।
नेपालमा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी बजार विस्तार भइरहेको वर्तमान अवस्थामा प्योर डर्माको प्रवेशलाई नयाँ अवसरका रूपमा हेरिएको छ । अन्तर्राष्ट्रिय अनुभव, वैज्ञानिक अनुसन्धान र गुणस्तरप्रतिको प्रतिबद्धतासहित कम्पनीले नेपाली उपभोक्ताको विश्वास जित्न सक्ने अपेक्षा गरिएको छ ।
बढ्दो प्रतिस्पर्धा, बदलिँदो उपभोक्ता प्राथमिकता र छाला स्वास्थ्यप्रतिको सचेतनाका बीच प्योर डर्माको आगमनले नेपाली स्किनकेयर बजारमा नयाँ बहस, नयाँ विकल्प र नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ । 

युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
औषधि व्यवस्था विभागको कार्यशैलीमाथि प्रश्न, सेवा प्रवाह सुधार्न मन्त्रीको दबाब
शनिबार, जेठ २३, २०८३
नेपाल उद्योग बाणिज्य महासंघमा विप्लव अधिकारीको प्रवेश
बुधबार, वैशाख २३, २०८३

