नेपाल हेल्थ न्युज, हुम्ला । हुम्ला जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ । बहिरङ्ग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बालबालिकालाई लक्ष्य गरी यो सेवा प्रारम्भ भएको हो । बुधबार र बिहीबार १० जनाले सेवा लिएका थिए ।
उक्त सेवाअन्तर्गत रजस्वला र त्यसक्रममा हुने समस्या तथा तिनको निदान, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, गर्भपतन, गर्भपात गराउन उत्पन्न हुने जटिल शारीरिक समस्या, मानसिक एवं प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई परामर्श पनि उपलब्ध हुनेछ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
