नेपाल हेल्थ न्युज, काठमाडौं । चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निकट स्रोतका अनुसार डा. अजयकुमार झा, डा. योगेन्द्रप्रसाद सिंह र डा. विजयचन्द्र आचार्यको नाम सिफारिस गरिएको हो। यद्यपि मन्त्रालयले हालसम्म आधिकारिक रूपमा नाम सार्वजनिक गरेको छैन।
‘तीन जनाको नाम सिफारिस भएको पक्का हो तर अन्तिम निर्णय भइसकेको छैन,’ मन्त्रालय निकट स्रोतले जनाएको छ। अन्तिम निर्णय भएपछि मात्र औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।
मन्त्रालयले गत वैशाख १५ गते अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) अनुसार अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। त्यसपछि जेठ २७ गते सात जनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो।
प्रारम्भिक सूचीमा डा. अजयकुमार झा, डा. जया श्रेष्ठ, डा. भावना वाग्ले, डा. योगेन्द्रप्रसाद सिंह, डा. लक्ष्मी नारायण सिंह, डा. विजयचन्द्र आचार्य र डा. विश्वराम पौडेल परेका थिए।
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३

