नेपाल हेल्थ न्युज, काठमाडौं। आज असार १५ अर्थात दही चिउरा खाएर धान दिवस मनाउने दिन । आजको दिनलाई ‘मानो रोपेर मुरी फलाउने दिन’ भन्ने पनि गरिन्छ । नेपाली समाजमा आजबाट रोपाइ शुरु गरीन्छ र दही चिउरा खाएर मनाउने परम्परा छ ।
सामाजिक सञ्जालहरु पनि आज दही चिउराका पोष्टले भरिएका छन। दही चिउरा खादा मिठो मात्र होइन यसले स्वास्थ्यका लागि पनि निकै फाइदा पुर्याउँछ ।
यस्ता छन् दही खानुका फाइदा
- दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी १२ पनि पाइन्छ।
- दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ।
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
- दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
- दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
- पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।
यस्ता छन् चिउरा खानुका फाइदा
- चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै परिकारका साथ खान सकिन्छ।
- प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
- फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।
- चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।
- चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।
- यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।
- चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
- यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।
- चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।
- चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ । एजेन्सी
प्रकाशित मिति: सोमबार, असार १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
स्वाद पनि स्वास्थ्य पनि
गर्मी मौसममा के खाने, के नखाने?
बिहीबार, असार ११, २०८३
गर्मीमा लोकप्रिय उखुको जुस सबैका लागि उपयुक्त नहुन सक्छ
मंगलबार, असार ९, २०८३
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुको फाइदा
बुधबार, जेठ २७, २०८३
क्यान्सर रोक्नदेखि सुगर नियन्त्रणसम्म उपयोगी हरियो प्याज
आइतबार, फागुन ३, २०८२
प्रोसेस्ड फूड, ट्रान्स फ्याट र खाद्य स्वच्छता
मंगलबार, माघ २७, २०८२ट्रेन्डिङ
१
