नेपाल हेल्थ न्युज, भरतपुर । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त हुनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय कार्यरत रहनुभएका डा. सिंह अस्पतालको अध्यक्षमा नियुक्त हुनुभएको हो। उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आफ्नो नियुक्तिको जानकारी प्राप्त भएको पुष्टि गर्नुभएको छ।
मन्त्रालयले गत वैशाख १५ गते अस्पतालको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि आठ जनाले आवेदन दिएका थिए। तीमध्ये डा. सिंह अध्यक्षमा नियुक्त हुनुभएको हो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल देशकै प्रमुख क्यान्सर उपचार केन्द्रमध्ये एक हो। नयाँ अध्यक्ष नियुक्तिसँगै अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

