नेपाल हेल्थ न्युज, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा २०२ वटा सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गर्दै प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
केन्द्रका अनुसार यो उपलब्धि प्रत्यारोपण सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण कर्मचारी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा केन्द्र परिवारको समर्पण, सहकार्य र अथक मेहनतको परिणाम हो।
यस अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले उक्त सफलता सम्पूर्ण प्रत्यारोपण टोली, अंगदाता तथा उहाँहरूका परिवार, उपचाररत बिरामीहरू र यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति समर्पित रहेको बताउनुभएको छ।
केन्द्रले हरेक सफल प्रत्यारोपणले एउटा नयाँ जीवन, नयाँ आशा र नयाँ भविष्यको सुरुवात गर्ने विश्वास व्यक्त गर्दै प्रत्यारोपण सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ।
यस ऐतिहासिक उपलब्धिलाई सम्भव बनाउन योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी संस्था, शुभेच्छुक तथा केन्द्रप्रति विश्वास गर्ने सबैप्रति केन्द्रले हार्दिक आभार व्यक्त गरेको छ। केन्द्रले जीवन बचाउने आफ्नो अभियान र गुणस्तरीय प्रत्यारोपण सेवा प्रदान गर्ने प्रतिबद्धता आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
