नेपाल हेल्थ न्युज, काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रको सुधारको माग गर्दै नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौँ दिन नर्सहरूले काठमाडौंस्थित वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी नर्सहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्य, नर्सिङ क्षेत्रको सुधारका लागि स्पष्ट योजना लगायतका १५ बुँदे माग अघि सारेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाउ’, ‘न्यायमा ढिलाइ जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप’ र ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
आन्दोलनरत नर्सहरूले आफ्ना माग सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
बिहीबार, साउन २८, २०८३
चिकित्सा शिक्षा संघर्ष अभियानको आह्वानमा मेडिकल कलेजअगाडि धर्ना
बिहीबार, साउन २८, २०८३
कङ्गोमा फैलिएको इबोला प्रकोप इतिहासकै घातक बन्ने डब्ल्यूएचओको चेतावनी
बिहीबार, साउन २८, २०८३
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधनका लागि कार्यदलको प्रतिवेदन पेस
बिहीबार, साउन २८, २०८३
आज विश्व अंगदान दिवस मनाइँदै
बिहीबार, साउन २८, २०८३ट्रेन्डिङ
