नेपाल हेल्थ न्युज, काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिहरू र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच वार्ता सुरु भएको छ।
मन्त्रालयमा जारी वार्तामा रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्। यस्तै, मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा. संगीता मिश्र, मन्त्रीका प्रमुख सल्लाहकार डा. मनोहर प्रधान तथा कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन्।
मन्त्रालय स्रोतका अनुसार वार्तामा नर्स रानाभाटले लामो समयदेखि उठाउँदै आएका मागहरूलाई सहमतिमार्फत समाधान गर्ने विषयमा छलफल भइरहेको छ।
दुवै पक्षबीच सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। यद्यपि, वार्ताको निष्कर्षबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

