नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सिङ शिक्षा, सेवा र पेशागत सुधारका लागि अनिश्चितकालीन सत्याग्रहमा रहेकी नर्स जोती रानाभाटको स्वास्थ्य अवस्थाप्रति बढ्दो चिन्ता व्यक्त गर्दै नेपाल नर्सिङ संघले सक्रिय नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवाज सशक्त रूपमा उठ्न थालेको छ ।
नर्सिङकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सत्याग्रह अब एक व्यक्तिको आन्दोलन नभई सम्पूर्ण नेपाली नर्सिङ पेशाको सम्मान, सुरक्षा र भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै नेपाल नर्सिङ संघलाई स्पष्ट र प्रभावकारी पहल गर्न आग्रह गरिरहेका छन् ।
यसैक्रममा त्रि.वि. शिक्षण अस्पताल क्रिटिकल केयर युनिटकी सिनियर नर्स कविता सिटौलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै नर्स ज्योती रानाभाटको जीवनरक्षा तथा उहाँले उठाउनुभएका न्यायोचित मागहरूको सम्बोधनका लागि नेपाल नर्सिङ संघले आफ्नो सशक्त नेतृत्व, ऐक्यबद्धता र पहल देखाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
उहाँले भन्नुभएको छ—आज यो एउटा व्यक्तिको मात्र मुद्दा होइन, सम्पूर्ण नेपाली नर्सिङ पेशाको सम्मान, सुरक्षा र भविष्यसँग जोडिएको विषय हो। नेपाल नर्सिङ संघ यस संवेदनशील घडीमा अग्रसर भई नर्सहरूको पक्षमा दृढतापूर्वक उभियोस् भन्ने हार्दिक अनुरोध गर्दछौँ ।
देशभरबाट बढ्दै गएको ऐक्यबद्धता
ज्योती रानाभाटको सत्याग्रहप्रति विभिन्न अस्पताल, नर्सिङ संस्था, स्वास्थ्यकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले निरन्तर ऐक्यबद्धता जनाइरहेका छन् । सामाजिक सञ्जालमा ‘सेभ ज्योति रानाभाट’, ‘जस्टिक फर नर्स’, ‘स्टैण्ड वीथ नर्स’ जस्ता अभियानमार्फत समर्थन बढ्दो क्रममा देखिएको छ ।
विशेषगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मी, क्रिटिकल नर्सेस एसोसिएन अफ नेपाल (सिसिनान) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि नर्सिङ पेशाको गरिमा र अधिकारको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका छन् ।
संवाद र समाधानको अपेक्षा
स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले आन्दोलनको निकास संवादमार्फत खोजिनुपर्ने धारणा राख्दै नर्सिङ पेशासँग सम्बन्धित दीर्घकालीन सुधारका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार सत्याग्रह लम्बिँदै जाँदा नर्स ज्योती रानाभाटको स्वास्थ्यमा थप जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल वार्ता र समाधानको पहल गर्न आवश्यक छ ।
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
