नेपाल हेल्थ न्युज, काठमाडौं । योग तथा प्राकृतिक चिकित्सक संघ नेपालको अध्यक्षमा डा. जनकबहादुर बस्नेत पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौंमा शनिबार सम्पन्न संघको १८औँ वार्षिक साधारणसभा तथा ९औँ महाधिवेशनले डा. बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
पुनः अध्यक्षमा निर्वाचित भएसँगै डा. बस्नेतले लगातार १८ वर्षदेखि संघको नेतृत्व सम्हाल्दै आउनुभएको छ। महाधिवेशनबाट संघको उपाध्यक्षमा डा. दिनेश राई, महासचिवमा डा. हेमराज कोइराला र कोषाध्यक्षमा डा. सञ्जु खाइजू चयन हुनुभएको छ। त्यस्तै, कार्यसमिति सदस्यमा डा. रविनलाल श्रेष्ठ, डा. सुमन चौलागाईं र डा. अभिश्राम गुरागाईं निर्विरोध निर्वाचित हुनुभएको छ।
चन्द्रागिरि नगरपालिका–८, मातातीर्थ हाइटस्थित ‘जंगल महल वेलनेस रिसोर्ट’ मा आयोजित महाधिवेशनको उद्घाटन अग्रज प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलले गर्नुभएको थियो।
कार्यक्रममा डा. पोखरेल, वरिष्ठ चिकित्सक प्रा.डा. दिनेश प्रसाईंलगायतले योग तथा प्राकृतिक चिकित्सा क्षेत्रको विकास, विस्तार र यसको प्रभावकारिता बढाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो।
महाधिवेशनमा चिकित्सकहरूको पेसागत हकहित, क्षमता अभिवृद्धि, संस्थागत तथा आर्थिक सुदृढीकरणका साथै योग तथा प्राकृतिक चिकित्साको समग्र विकासका विषयमा छलफल गरिएको थियो।
पदभार ग्रहण गर्दै नवनिर्वाचित कार्यसमितिले नेपालमा योग तथा प्राकृतिक चिकित्साको प्रवर्द्धनसँगै यस क्षेत्रमा कार्यरत चिकित्सकहरूको पेसागत अधिकार र व्यावसायिक सुरक्षाका लागि थप प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य बिमा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरण घरबाटै गर्न सकिने
आइतबार, साउन ३१, २०८३
नेपाल मुख तथा अनुहार रोगशास्त्र विशेषज्ञ संघको अध्यक्षमा डा. वर्षा बज्राचार्य
आइतबार, साउन ३१, २०८३
ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
आइतबार, साउन ३१, २०८३
३७६ अस्पताललाई स्वास्थ्य बीमा बोर्डले गर्यो ३ अर्ब ५६ करोड भुक्तानी
शुक्रबार, साउन २९, २०८३
