नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्को रिक्त सदस्य पदमा चार जना नयाँ सदस्य नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्टलाई परिषद्को सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले चारै जना सदस्यलाई शपथ ग्रहण गराउनुभएको हो।
नर्सिङ तथा मिडवाइफरी क्षेत्रको नियमन, व्यावसायिक मर्यादा कायम राख्न तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा परिषद्को भूमिका महत्वपूर्ण रहने मन्त्रालयले जनाएको छ।
नयाँ सदस्यहरूको नियुक्तिसँगै परिषद्को कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। शपथपछि नवनियुक्त सदस्यहरूले नेपालको नर्सिङ तथा मिडवाइफरी क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
मंगलबार, असोज २०, २०८३
संवेदनशील अङ्गमा दुर्व्यवहारको आरोप लागेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा
मंगलबार, असोज २०, २०८३
ब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने
मंगलबार, असोज २०, २०८३
