नेपाल हेल्थ न्युज, न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढेपछि आपत्काल घोषणा गरेका हुन् ।
यस वर्ष न्युयोर्क राज्यमा अहिलेसम्म १०८ जनामा दादुरा पुष्टि भएको छ । तीमध्ये ९२ जना जुलाई १५ पछि संक्रमित हुनुभएको हो । धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।
न्युयोर्क सहरमा पनि ७ जनामा दादुरा पुष्टि भएको छ । छिमेकी राज्य पेन्सिलभेनियामा पनि दादुराको संक्रमण बढिरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म ३९ जिल्लामा १ हजार ४ जनामा दादुरा पुष्टि भएको छ । दादुरासँग सम्बन्धित ५ जनाको मृत्यु भएको जनाइएको छ ।
न्युयोर्क सरकारले दादुराविरुद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्यकर्मीको संख्या बढाएको छ । साथै, नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।
घोषणा गरिएको आपत्काल नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ । अमेरिकामा अक्टोबर १ सम्म यस वर्ष ३ हजार ८८७ जनामा दादुरा पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले दादुराबाट सुरक्षित रहन दुई मात्रा दादुरा, गलगण्ड र रुबेलाविरुद्धको खोप लगाउन सुझाव दिएका छन् ।
अमेरिकाका विद्यालय जाने बालबालिकामा खोप लगाउने दर पछिल्ला वर्षमा घटेको छ । सन् २०२५–२६ को शैक्षिक वर्षमा खोप लगाउने दर ९२.४ प्रतिशत रहेको छ । स्वास्थ्य अधिकारीहरूले कम्तीमा ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने लक्ष्य राखेका छन् । रासस
कांग्रेस महामन्त्रीमा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले दिए उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
संवेदनशील अङ्गमा दुर्व्यवहारको आरोप लागेका स्वास्थ्यकर्मीविरुद्ध बलात्कार मुद्दा
मंगलबार, असोज २०, २०८३
ब्लूएचओ दक्षिण-पूर्वी एसियाली क्षेत्रीय निर्देशकमा नेपालले डा. संगीता उठाउने
मंगलबार, असोज २०, २०८३
प्रसूति अस्पतालमा बच्चा जन्मिएपछि सुत्केरीको मृत्यु, परिवार आक्रोशित
मंगलबार, असोज २०, २०८३
