नेभिगेशन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

नेपाल हेल्थ न्युज, दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गर्नुभएको छ। प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मन्त्री मेहताले उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।

क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा थप विस्तार हुने अपेक्षा गरिएको छ। यस सेवाबाट दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुरोगको उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री मेहताले क्याथ ल्याब सेवा सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले प्रतिष्ठानका सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो। मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्याथ ल्याब सेवा सञ्चालनसँगै प्रतिष्ठानबाट मुटुसम्बन्धी विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सहज हुने र यस क्षेत्रका नागरिकले समयमै उपचार पाउने अपेक्षा गरिएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट