नेपाल हेल्थ न्युज, काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ ।
उहाँका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी तीन बुँदे सहमति भएको हो । उहाँ ५ दिनदेखि अनसनरत हुनुहुन्थ्यो । सरकारका तर्फबाट शिक्षा तथा खेलकुल मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो ।
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ ।
हरिजन गत साउनमा पनि अनसन बस्नुभएको थियो । सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उहाँसँग सम्झौता गरेको थियो ।
आफूसँग भएको सम्झौता सरकारले कार्यावन्यन नगरेको भन्दै हरिजनले पुनःअनसन सुरु गर्नुभएको थियो । उहाँ भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको परिसरबाट अनसन सुरु गर्नुभएको थियो। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि वीर अस्पताल पुर्याइएको थियो ।
यस्तो छ सहमतिपत्रः

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
