नेपाल हेल्थ न्युज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू:
१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने।
२. बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने।
३. जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।
४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
अनसनरत इन्टर्न डाक्टरसँग सरकारले गर्यो ३ बुँदे सहमति
शुक्रबार, असोज २३, २०८३
सिट र शुल्क तत्काल पुनरावलोकन गर्न निजी मेडिकल कलेज सञ्चालकको माग
शुक्रबार, असोज २३, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
