नेभिगेशन

२२ वर्षको अनुभव बोकेर नेपाली छालाको स्वास्थ्यमा नयाँ अध्याय लेख्न निस्किएका प्रकाश पाठक

रिटेल फार्मेसीदेखि युरोपेली स्किन साइन्ससम्म

नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुरको एउटा सानो क्लिनिक, नेवारी बस्ती, बिरामीको घर–घर पुगेर सलाइन चढाउने, क्यानुला लगाउने, क्याथेटर व्यवस्थापन गर्ने एक युवा स्वास्थ्यकर्मी ।

त्यो युवा आज दुई दशकभन्दा बढी अनुभव बोकेर नेपालको फार्मास्युटिकल र स्किन हेल्थ क्षेत्रमा नयाँ अभियानको नेतृत्व गरिरहेका युवा हुन् प्रकाश पाठक ।

२२ वर्षअघि स्वास्थ्य सेवा र औषधि व्यवसायमा पाइला टेकेका पाठकको यात्रा कुनै एक पेशामा सीमित रहेन । रिटेल फार्मेसी, होलसेल वितरण, औषधि आयात, फार्मास्युटिकल उद्योग, मार्केटिङ, व्यवसाय विकासदेखि अन्तर्राष्ट्रिय स्तरका डर्मा–कस्मेटिक उत्पादन नेपाल भित्र्याउने अभियानसम्म आइपुग्दा उहाँले स्वास्थ्य क्षेत्रलाई विभिन्न कोणबाट नियालिरहनुभएको छ ।  उहाँ भन्नुहुन्छ—‘म सधैँ उत्पादन बेच्नेभन्दा स्वास्थ्यमा गुणस्तर भित्र्याउने यात्रामा लागेको छु ।’

कराँतेको मैदानबाट स्वास्थ्य सेवाको यात्रासम्म
प्रकाश पाठकको बाल्यकालको सपना डाक्टर बन्ने थिएन । न त कुनै ठूलो व्यवसायी बन्ने नै थियो । तर उहाँसँग सानैदेखि थियो—स्वास्थ्यप्रतिको गहिरो सचेतना । विद्यालय जीवनमा उहाँले सितोरियो कराँतेमा ब्राउन बेल्टसम्मको यात्रा तय गर्नुभयो । नियमित अभ्यास, अनुशासन र स्वस्थ जीवनशैलीले  गाउँबाट काठमाडौं ल्यायो ।

स्वास्थ्य क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले उहाँले स्वास्थ्य शिक्षा रोज्नुभयो । फार्मेसी अध्ययन गर्नुभयो । पछि सिएमए (सर्टिफाइ मेडिकल असिस्टेन्ट)  को अध्ययन पनि पूरा गर्नुभयो । त्यतिमै सीमित नरही संगीतमा पिसिएल र   र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनसमेत गर्नुभयो ।  उहाँ मुस्कुराउँदै भन्नुन्छ—‘मेरो सबैभन्दा ठूलो सम्पत्ति भनेको सिकिरहने बानी हो ।’

रिटेल काउन्टरले सिकाएको जीवनको पाठ
२०६१ सालमा स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका पाठकले सुरुवाती वर्षहरू रिटेल फार्मेसीमा बिताउनुभयो । उहाँका लागि बिरामीसँग प्रत्यक्ष भेट, उनीहरूको पीडा, औषधिप्रतिको विश्वास र परिणाम विश्वविद्यालयभन्दा कम थिएनन् । भक्तपुरको इताछेँमा सञ्चालन गरेको क्लिनिक करियरको सबैभन्दा ठूलो सिकाइ बनेको उहाँ सम्झनुहुन्छ । त्यही अनुभवले उहाँलाई एउटा निष्कर्षमा पु¥यायो—‘औषधिको वास्तविक मूल्य त्यसको प्रभावकारिताले निर्धारण गर्छ, प्रचारले होइन ।’

होलसेलदेखि अन्तर्राष्ट्रिय बजारसम्म
रिटेलबाट सुरु भएको यात्रा होलसेल व्यवसायमा पुग्यो । त्यसपछि उहाँले औषधि कम्पनीको मार्केटिङ सम्हाल्नुभयो । औषधि आयातमा सक्रिय रही करिब १२ वर्षदेखि अन्तर्राष्ट्रिय उत्पादन नेपाल भित्र्याइरहनुभएको छ ।  त्यसबीच उहाँले फार्मास्युटिकल उद्योगमा रणनीति तथा व्यवसाय विकास प्रमुखको जिम्मेवारी पनि सम्हाल्नुभयो ।  

यी सबै अनुभवले उहाँलाई बजार, चिकित्सक, उपभोक्ता र उत्पादनबीचको सम्बन्धलाई अझ नजिकबाट बुझ्ने अवसर दियो । ‘छाला सुन्दर देखिनु मात्र पर्याप्त होइन, छाला स्वस्थ हुनु पनि उत्तिकै आवश्यक छ’—उहाँ भन्नुहुन्छ । यही सोचका साथ उहाँले प्योर डर्मा  ब्रान्डलाई नेपाली बजारमा ल्याउने निर्णय गर्नुभयो ।

पाठकका अनुसार प्योर डर्माका उत्पादन फेसवास वा मोइस्चराइजर मात्र होइनन् । यो अनुसन्धान, क्लिनिकल अवधारणा र वैज्ञानिक परीक्षणमा आधारित डर्मा–कस्मेटिक उत्पादनको श्रृंखला हो । नेपालको मौसम, उचाइ, वातावरण र छालाको प्रकृतिलाई अध्ययन गरेर नेपाली बजारका लागि ३४ प्रकारका उत्पादन छनोट गरिएको छ ।

यसमा एक्ने, फंगल संक्रमण, ड्यान्ड्रफ, कपाल झर्ने समस्या, स्काल्प केयरदेखि दैनिक स्किनकेयरसम्मका उत्पादन समेटिएका छन् । प्रकाश पाठक एउटा कुरा पटक–पटक दोहोर्याउनुहुन्छ—‘गुणस्तर’ । प्रत्येक उत्पादनको सर्टिफिकेट अफ एनालाईसिस (सिओए), हेभी मेटल परीक्षण, सक्रिय तत्वको गुणस्तर, डर्माटोलोजिकल परीक्षण र वैज्ञानिक फर्मुलेसन अध्ययन गरेपछि मात्रै उत्पादन नेपाल ल्याइएको हो ।

धेरै व्यवसायीले आफ्ना उत्पादन बजारमा पठाउँछन् । तर पाठकले भने आफ्नै परिवारबाट परीक्षण शुरु गर्नुभएको छ । उहाँले आफ्नी श्रीमतीदेखि परिवारका सदस्यसम्मलाई आफ्ना उत्पादन प्रयोग गर्न दिनुभएको छ ।

आफूले पनि नियमित रूपमा टोनर, मोइस्चराइजरलगायतका उत्पादन प्रयोग गरिरहेको बताउनुहुन्छ । प्रारम्भिक नतिजा निकै उत्साहजनक रहेको छ  ‘म आफैँ सन्तुष्ट नभएसम्म बजारलाई सन्तुष्ट बनाउन सकिँदैन’—उहाँ भन्नुहुन्छ । 

प्रतिस्पर्धा होइन, विश्वासको बजार
व्यवसायमा प्रतिस्पर्धा अनिवार्य छ । तर पाठकका अनुसार, अस्वस्थ प्रतिस्पर्धाले क्षणिक सफलता त दिन सक्छ, तर दिगो भविष्य बनाउन सक्दैन । प्रकाश पाठक चिकित्सकहरूलाई कुनै पनि उत्पादन सिफारिस गर्नु अघि त्यसको सिओए, क्लिनिकल प्रमाण, सक्रिय तत्व र वैज्ञानिक अध्ययन हेर्न आग्रह गर्नुहुन्छ । उपभोक्तालाई पनि उनी एउटै सन्देश दिनुहुन्छ—‘छालामा प्रयोग गर्ने वस्तु फेसन होइन, स्वास्थ्यसँग जोडिएको विषय हो । त्यसैले प्रमाणित गुणस्तर भएका उत्पादन मात्रै छनोट गर्नुहोस् ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर