नेपाल हेल्थ न्युज, काठमाडौं । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा रहेको जनाएको छ। युनिसेफले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले जलवायु परिवर्तन, वातावरणीय प्रदूषण तथा प्राकृतिक विपद्का कारण नेपाली बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामा गम्भीर असर परिरहेको देखाएको हो।
प्रतिवेदनअनुसार नेपालमा ७३ लाख बालबालिका खडेरी, ५७ लाख अत्यधिक गर्मी र २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा छन्। त्यस्तै, करिब २४ लाख बालबालिका एकैपटक विभिन्न उच्च तीव्रताका जलवायुजन्य विपद्को जोखिममा रहेको युनिसेफले उल्लेख गरेको छ।
जलवायु संकटका कारण खानेपानीको उपलब्धता, कृषि उत्पादन, पोषण तथा बालबालिकाको पठनपाठनमा समेत प्रतिकूल प्रभाव परिरहेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा हाल कुल जनसंख्याको ४७ दशमलव ५ प्रतिशतको मात्र सुरक्षित खानेपानीमा पहुँच रहेको युनिसेफले जनाएको छ।
युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु संकट क्रमशः बालअधिकार संकटका रूपमा परिणत हुँदै गएको बताउनुभएको छ। जलवायु परिवर्तनमा बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले नै भोग्नुपरेको उहाँको भनाइ छ।
युनिसेफले जलवायु नीति, बजेट, अनुकूलन योजना तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रममा बालबालिकाको आवश्यकता र अधिकारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी, आगामी कोप–३१ जलवायु सम्मेलनलाई लक्षित गर्दै युनिसेफले जलवायु संकटविरुद्धका प्रयासमा बालबालिका तथा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरूका मुद्दालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारसँग नेपाल चिकित्सक संघको माग
बिहीबार, कात्तिक १९, २०८३
सदस्य सिफारिसको विषयले स्वास्थ्य व्यवसायी परिषद्मा विवाद, डेन्टल एसोसिएसनको ४८ घण्टे अल्टिमेटम
बिहीबार, कात्तिक १९, २०८३
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति गठन
बुधबार, कात्तिक १८, २०८३
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक १८, २०८३
