नेपाल हेलथ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ताको वातावरण बनाउन र उहाँले उठाएका माग सम्बोधन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ।
संघका आजीवन सदस्यसमेत रहेका डा. केसी मिति २०८३ कात्तिक १२ गतेदेखि २५औँ पटक आमरण अनसनमा बसेका छन्। अनसनको आठ दिन बितिसक्दा पनि सरकारले उहाँका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न हुन थालेको उल्लेख गर्दै संघले उहाँको जीवन रक्षाका लागि अविलम्ब वार्ता गरी मागहरूको तत्काल सम्बोधनमार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको हो।
यसैबीच, डा. केसीको अनसन र संघले अपनाउनुपर्ने आगामी कदमबारे छलफल गर्न नेपाल चिकित्सक संघले बैठक आह्वान गरेको छ। संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाज, अस्पताल निर्देशक तथा आवासीय चिकित्सकलगायत सम्पूर्ण चिकित्सकहरूलाई छलफलमा सहभागी हुन आग्रह गरिएको छ।
संघका अनुसार छलफल कार्यक्रम २०८३ कात्तिक २० गते शुक्रबार दिउँसो १ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा हुनेछ। प्रेस विज्ञप्तिमा संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्रि रिजालले हस्ताक्षर गरेका छन्।
नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा: युनिसेफ
बिहीबार, कात्तिक १९, २०८३
सदस्य सिफारिसको विषयले स्वास्थ्य व्यवसायी परिषद्मा विवाद, डेन्टल एसोसिएसनको ४८ घण्टे अल्टिमेटम
बिहीबार, कात्तिक १९, २०८३
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति गठन
बुधबार, कात्तिक १८, २०८३
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बुधबार, कात्तिक १८, २०८३
