नेपाल हेल्थ न्युज, काठमाडौं। मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ। दुर्घटनामा एक बालकसहित ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थल आसपासको झाडीमा थप एक बालक घाइते अवस्थामा फेला परेका हुन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ। यसअघि दुर्घटनामा घाइते भएका पाँच जनाको उद्धार गरिएको थियो।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो। उक्त सवारीसाधनमा चालकसहित १५ जना सवार रहेको बताइएको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको सनाखत हुन सकेको छैन। घटनालगत्तै सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट डीएसपीको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ।
क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्न नेपाल प्रतिबद्धः मन्त्री मेहता
बिहीबार, कात्तिक २६, २०८३
ममता हत्या प्रकरण : श्रीमतीको शव टुक्रा पारेको नरेशद्वारा अदालतमा स्वीकार
शुक्रबार, कात्तिक २०, २०८३
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
शुक्रबार, कात्तिक २०, २०८३
जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न भवन हस्तान्तरण
शुक्रबार, कात्तिक २०, २०८३
