नेभिगेशन

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन

नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा प्राध्यापक डा. ओमकृष्ण मल्ल (डा. ओके मल्ल) को निधन भएको छ। उहाँको निधनप्रति नेपाल अप्थाल्मिक सोसाइटी (एनओएस) ले दुःख व्यक्त गरेको छ।

सोसाइटीका पूर्वअध्यक्ष मल्लले सन् १९९४ देखि १९९७ सम्म नेतृत्व गर्नुभएको थियो। नेपाली नेत्ररोग चिकित्सा क्षेत्रको विकास तथा नयाँ पुस्ताका चिकित्सक उत्पादनमा उहाँको महत्वपूर्ण योगदान रहेको थियो।

उहाँले एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजीको ‘डिस्टिङ्गुइस्ड सर्भिस अवार्ड’ र नेपाल अप्थाल्मिक सोसाइटीको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ समेत प्राप्त गर्नुभएको थियो।

सोसाइटीले उहाँको निधनलाई नेपाली नेत्ररोग चिकित्सा क्षेत्रका लागि अपूरणीय क्षति भन्दै परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गरेको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट