नेभिगेशन

मस्तिष्क र विद्युतीय संकेत

नेपाल हेल्थ न्युज, काठमाडौं । पार्किन्सन्सलाई चिकित्सकीय भाषामा न्यूरो डिजेनेरेटिभ (उमेर अनुसार ब्रेनको एउटा भाग सुक्दै जाने)  रोग भनिन्छ । यस्तो अवस्थामा मस्तिष्कले सक्रिय रुपमा काम गर्न सक्दैन । मस्तिष्कमा डोपामिन हर्मोन उत्पादन गर्ने टिस्यू सुक्दै गएमा पार्किन्सन्स हुने गर्छ ।  डोपामिन मस्तिष्कको सब–स्ट्यान्सीया नाइग्रा नामक टिस्यूले उत्पादन गर्ने हर्मोन हो ।

डोपामिन हर्मोनले शरीरलाई सक्रिय बनाउने काम गर्छ । यो बिना मस्तिष्कले शरीरमा विद्युतीय संकेतहरू राम्रोसँग पठाउन सक्दैन जसले गर्दा अनियन्त्रिण गति देखापर्न थाल्छ । जस्तोः हिँड्न गाह्रो हुने, शरीर अरठ्ठ पर्ने, कम्पन हुने र सुस्तता आदि ।  प्रायजसो, क्लिनिकल लक्षणका आधारमा रोग पहिचान गर्न सकिन्छ । कतिपय अवस्थामा एमआरआई पनि गर्नुपर्ने हुनसक्छ ।  

कतिपयलाई विना कारण पार्किन्सन्स हुने गर्छ । यसलाई इडियोप्याथिक भनिन्छ । इडियोप्याथिक पार्किन्सन्स ६० वर्ष कटेपछि देखिन सुरू हुन्छ । यस्ता बिरामीलाई डोपामिन औषधिले फाइदा गर्नसक्छ ।

औषधि सेवन गरेपछि ऊर्जावान महशुस हुने र सामान्य हिँडडुल गर्न सक्ने हुन्छन् । यसलाई अन–फेनोमेनन पार्किन्सन्स भनिन्छ । बिस्तारै औषधिको मात्राले धान्न छाडेको अवस्थालाई अफ–फोनोमेनन पार्किन्सन भन्ने गरिन्छ । यस्ता बिरामीलाई शल्यक्रिया गरेर सामान्य जीवनयापनमा फर्काउन सकिन्छ ।  

अनुवांशिक र वातावरणीय एक्पोजरका कारण योङ्ग अनसेट पार्किन्सन्स हुनसक्छ ।  यो ५० वर्ष भन्दा कम उमेर समुहका मानिसलाई हुने गरेको पाइन्छ ।  योङ्ग अनसेट पार्किन्सन्स २५ प्रतिशतमा देखिने गरेको छ । यसरी ५० वर्ष भन्दा कम उमेरमा पार्किन्सन्स देखिएमा तुरुन्तै डिबीएस सर्जरी गराउँदा राम्रो हुनसक्छ ।   

तर पार्किन्सन्स प्लस भएका बिरामीलाई डोपामिन औषधिले काम गर्दैन । यस्ता बिरामीलाई शल्यक्रिया पनि गर्न मिल्दैन । बिरामीलाई बचाउन निकै गाह्रो हुन्छ । सुप्रा न्यूक्लियर पाल्सी पनि एक किसिमको पार्किन्सन्स प्लस रोग हो ।  पार्किन्सन्स भएका बिरामीलाई गरिने डीप ब्रेन स्टिमुलेशन (डीबीएस) एक वैकल्पिक सर्जिकल प्रक्रिया हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट