नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी डा. निराजन सुवेदीले पाउनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उहाँलाई अस्पतालको नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल सरकारका ११औँ तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालय पुगेर आफ्नो नियुक्तिपत्र बुझनुभएको हो।
यसअघि भेरी अस्पताल, नेपालगन्जको निर्देशकका रूपमा कार्य गरिसक्नुभएका उहाँ पछिल्लो समय वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। स्वास्थ्य क्षेत्रको प्रशासनिक तथा व्यवस्थापकीय अनुभव सम्हालिसक्नुभएको सुवेदीलाई मन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालको नेतृत्व सुम्पिएको हो।
यसअघि अस्पतालको कार्यकारी निर्देशक रहनुभएका डा. उज्ज्वल चालिसेलाई करिब डेढ महिनाअघि जिम्मेवारीबाट हटाइएपछि उक्त पद रिक्त थियो। सोही रिक्ततालाई पूर्ति गर्दै मन्त्रालयले डा. सुवेदीलाई नयाँ जिम्मेवारी दिएको हो।
नियुक्तिपत्र बुझेपछि डा. सुवेदीले अस्पताल पुगेर संस्थाको विकास, सेवा सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन काम गर्ने बताउनुभएको छ।
चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति
शुक्रबार, कात्तिक २७, २०८३
मस्तिष्क र विद्युतीय संकेत
शुक्रबार, कात्तिक २७, २०८३
राप्ती प्रतिष्ठानमा एक महिनामै मुटुको ७ जटिल शल्यक्रिया
शुक्रबार, कात्तिक २७, २०८३

